जनतासँग गरेका वाचा पूरा गर्छुः नेता आले
डोटी | मंसिर ९, २०७९
डोटी: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताउनुभयो ।
सो कार्यक्रममा उहाँले भन्नुभयो, “जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।” उहाँले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने प्रण पनि गर्नुभयो । उहाँले भन्नुभयो, “अब म कुनै एक दलको मात्रै नेता होइन, सबै डोटेली जनताको नेता भएको छु, त्यसैले डोटीका जनताको हितका लागि लागिपर्नेछु ।”
सङ्घीय संसद्मा उहाँको यो लगातार तेस्रोपटक विजय हो । डोटी निर्वाचन क्षेत्र नं २ बाट विसं २०७० को दोस्रो संविधानसभा सदस्य विजयी उहाँ २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

